खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन « Khabarhub

खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवार भएकाहरूको खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सबै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा उनीहरूले गरेको खर्चको विवरण पेस गर्न निर्देशन दिएको हो ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका उम्मेदवारले हालसम्म खर्च विवरण बुझाए नबुझाएको यकिन गर्न आयोगले मातहतका सबै निर्वाचन कार्यालयहरूलाई पनि निर्देशन दिएको छ ।

साथै खर्च विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरी आवश्यक कारबाहीका लागि सिफारिससहित आयोगमा पठाउन भनेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ५६ बजे

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ