सस्पेन्स र थ्रीलर ‘म’ (भिडियोसहित)  « Khabarhub

सस्पेन्स र थ्रीलर ‘म’ (भिडियोसहित) 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिल्म ‘म’को टेलर सार्वजनिक भएको छ । विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ को ट्रेलर सार्वजनिक गरिएको हो । सस्पेन्स–थ्रिलर यो फिल्मको टेलरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रसाइली र पुनम श्रेष्ठलाई देखाइएको छ ।

अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनाको चित्रण गर्छ । फिल्मको केन्द्रीय पात्र सञ्जोग रसाइली हुन् । ट्रेलरमा पनि उनले यथेष्ट स्थान पाएका छन् । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी सञ्जोगको यो डेब्यु फिल्म समेत हो ।

प्रकाश पुरीको कथा तथा पटकथामा तयार भएको फिल्मलाई निर्देशक सुवर्ण थापाले निर्देशन गरेका हुन् । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कन्तिपुर फिल्म एकेडेमीको ब्यानरमा निर्माण भएको फिल्ममा तेन्जिन पाल्देनको छायांकन छ । फिल्ममा भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ५३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको