‘रेस ४’ मा सलमानसँग सैफ ? « Khabarhub

‘रेस ४’ मा सलमानसँग सैफ ?


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मुस्तानले निर्देशन गरेका थिए । जसलाई दर्शकहरूले पनि रुचाएका थिए । यस्तै यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो । यद्यपि यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन् ।

यतिबेला टिप्सका रमेश चौथो सिरिजको तयारीमा छन् । फिल्मलाई अघिल्लो तिनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन् । यसपटक फिल्मलाई रमेश आफैले निर्देशन गर्ने तयारी समेत थालेका छन् । फिल्ममा तेस्रो भाग मार्फत सदस्य बनेका सलमान खान, पहिलो र दोस्रो भागका सदस्य सैफअलि खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको रहेको छ । यद्यपि यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएका छैनन् । दर्शकले बलिउडको हिट फ़ेन्चाइजहरुको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन् । सलमानले हालै सत्र सम्पन्न एक अवार्ड समारोहमा निर्माता तौरानीले सुरुवाती दिनमा गरेको सहयोगको चर्चा गरेका थिए।  

यसलाई पनि फिल्म बन्ने स्पष्ट संकेतलप रुपमा हेरिएको छ।  पछिल्लो समय बलिउडमा बढ्दो सिनेम्याटिक युनिभर्स र सिरिजको प्रचलनका कारण सलमान र सैफसँगै स्क्रिन सेयर गर्न सहमत भएको बताइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ४७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर