१८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन « Khabarhub

१८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु) को संयोजकत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले १८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन गरेको छ । शुक्रबार एन्फाले चारै उपाध्यक्षसहित प्रतियोगिता सञ्चालनका लागि १८ सदस्यीय आयोजक समिति गठन गरेको हो । 

यसअघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको एजेन्डा रहे पनि विवादको कारण बैठक बस्न सकेन । तर, एन्फाले शुक्रबार आफ्नो साइटमार्फत आयोजक समिति गठनसहित मुख्य प्रशिक्षक, भेन्यु म्यानेजरलगायत विभिन्न समिति गठन गरेको जनाएको हो । 

यस्तै, रवीन्द्र चन्दलाई एन्फाले भेन्यु म्यानेजरको जिम्मेवारी सुम्पिएको छ । यता, विजय घले ‘लोकल जेनेरल कोर्डिनेटर’ नियुक्त भएका छन् । दिनेश व्यञ्जनकारले सुरक्षा विभाग पाएका छन् भने सञ्जिव सिल्पाकारले मार्केटिङ तथा ब्रोर्डकाष्टिङ र डिजिटल राइट्सको जिम्मेवारी पाएका छन् । 

यस्तै, एन्फाले कुमार थापालाई राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पूर्व खेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । 

यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । 

यस्तै, एन्फाले महिला फुटबल टोलीको म्यानेजरमा पूर्व महिला संघकी अध्यक्ष बिन्द्रा देवानलाई नियुक्त गरेको छ । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : १४ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र