डेब्यु कुर्दै शनाया  « Khabarhub

डेब्यु कुर्दै शनाया 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड जति ठुलो छ, यहाँ नोटिस हुन उत्तिकै गाह्रो । बलिउडकर्मीकै सन्तानहरूलाई पनि सुरुवाती दिनमा सहज भएपनि आफ्नो क्षमताले नै स्थापित हुनुपर्छ । यद्यपि उनीहरूलाई डेब्युमा भने सहजता हुने गरेको छ । बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर पनि आफ्नो डेब्युको तयारीमा छिन् ।

बलिउड अभिनेत्री शनाया कपूरको डेब्यु फिल्म  ‘बेधडक’ को केही समयअघि घोषणा भयो । अभिनेता सञ्जय कपूरकी छोरी शनाया डेब्यु फिल्मलाई लिएर निकै उत्साहित थिइन् । उनले फिल्मकै लागि केही तयारी पनि गरेकी थिइन् । तर, निर्माण पक्षले यो फिल्म तत्कालका लागि नबनाउने निर्णय लिएपछि उनी दुःखी छन् । फिल्ममार्फत शनायासँगै गुरफतेह सिंह पीरजादा पनि बलिउडमा डेब्यु गर्ने तयारीमा थिए ।

फिल्म ‘बेधडक’ त एक उदाहरण मात्र हो, बलिउडमा यस्ता केही फिल्म छन्, जसको घोषणा भए पनि हालसम्म निर्माण भएका छैनन् । ती फिल्म कहिले निर्माण हुन्छ भन्ने पनि निश्चित छैन ।

बलिउड स्टारकिडलाई डेब्यु गराउने प्राय श्रेय जाने करण जोहरले नै शनायालाई डेब्यु गराउनेछन् । उनले डेब्यु अगाडि उनलाई नोटिस गराउन प्लानिङका साथ अगाडि बढेका छन् । फलतः उनको बोल्ड फोटोसुट गरियो । रंगिन दुनियाँमा पाइला राख्ने तयारी अनुसार उनले आफूलाई नोटिस गराउने हर प्रयत्न पनि गरिन् । तर फिल्म निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

उनी विकिनीमा प्रस्तुत भएको फोटो इन्टरनेटमा भाइरल  समेत भयो। बलिउडमा आउनु अगाडि नै फ्यानको मनमा बस्न शनायाले गरेको प्रयास फिल्म निर्माण नहुँदा खेर गएको छ।  किनकी उनले आफूलाई तयार गर्न हर प्रयास गरेकी छिन्।  तर उनको प्रोजेक्टले पूर्णता पाएन ।  उनको डेब्यु कहिले होला रु यो भने आउँदो समयले नै बताउने छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : १७ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका