म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए | Khabarhub Khabarhub

म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व संकलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताए ।

‘पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्म कानुनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो’, उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’

दर्ता र नवीकरणका क्रममा उद्योगबाट रु नौ लाख ३०५, वाणिज्यतर्फ सात लाख ६९ हजार २४५ र अन्य शीर्षकमा १२ हजार २०० राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ७६२ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।  

यसैगरी २६ लाख आठ हजार १२३ राजस्व संकलन भएको थियो । नयाँ दर्ता भएका ३३८ मध्ये २०९ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २३३ उद्योग र ३०९ वाणिज्य फर्म नवीकरण भएका छन् । जिल्लामा हाल उद्योग दुई हजार ६६१ र व्यावसायिक फर्म एक हजार ५२८ वटा रहेका छन् । उद्योगमा एक हजार ५२८ ले रोजगारी पाएका छन् ।

गत आर्थिक वर्षमा कूल एक करोड १३ लाख बजेटमध्ये ९३ लाख ६० हजार ११५ बजेट खर्च भएको छ । १७२ जनालाई उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरेको छ । बेनपा–९ तोरीपानीमा २२, धौलागिरि ताकममा २७, मालिका–५ देवीस्थानमा ३४, रघुगङ्गा–६ पाखापानीमा २७, अन्नपूर्ण–४ नारच्याङमा २७ र मङ्गला–२ बाबियाचौरमा ३५ जनालाई तालिम प्रदान गरिएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले बताए ।  

१३ जनालाई मेसिन उपकरण खरिद गर्न १५ लाख ९५ हजार अनुदान उपलब्ध गराएको छ । सात वटा पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि बीस लाख विनियोजन भएकोमा छवटा योजना सम्पन्न र १६ लाख ७९ हजार खर्च भएको छ । तीन ठाउँमा व्यवसाय दर्ता शिविर सञ्चालन र २० पटकमा २२२ फर्मको अनुगमन गरेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : १२ बजे

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते