कोटहीमाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा « Khabarhub

कोटहीमाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र घोषणाका लागि अनुमति पाएका हुन् । 

पालिका अध्यक्ष बालकृष्ण तिवारीले पालिकामा रहेका लक्षित समूह  ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएको जानकारी दिए ।  

कोटहीमाईमा लक्षित समूहका केही रोजगारीको सिलसिलामा पालिका बाहिर रहेकोले सर्वेक्षण र घरधुरीको आधारमा ९८ प्रतिशतले खोप पूरा गरेको स्वास्थ्य शाखा प्रमुख राम निवास यादवले भने । उनका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खोप लगाएका छन् । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : ४६ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२