धनुषामा एक हजार ९११ नयाँ उद्योग दर्ता  | Khabarhub Khabarhub

धनुषामा एक हजार ९११ नयाँ उद्योग दर्ता 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो सङ्ख्या गत आव ०७६/०७७ को भन्दा बढी हो ।

यस्तै आव ०७८/०७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । योसँगै धनुषामा  सङ्ख्या करिब २१ हजार पुगेको र वाणिज्यतर्फको सङ्ख्या करिब ३३ हजार पुगेको कार्यालयका प्रमुख देवकान्त झाले जानकारी दिए। 

यसअघि गत आव ०७७/०७८ मा उद्योगतर्फ एक हजार ८०४ र वाणिज्यतर्फ दुई हजार ६११ दर्ता भएको थियो । यसबाट दुई करोड ३८ लाख २० हजार ६०० राजस्व संकलन भएको थियो ।

यस्तै आव ०७८/०७९ मा उद्योगतर्फ ६६ वटा र वाणिज्यतर्फका ११९ वटा घरेलु तथा साना उद्योगको लागत कट्टा गरिएको छ भने उद्योगतर्फ ५९८ वटा र वाणिज्यतर्फ एक हजार २५९ वटाको नवीकरण गरिएको सो कार्यालयले जनाएको छ । आव ०७८/०७९ मा नयाँ उद्योग दर्तापश्चात् धनुषामा १० हजार ४८९ पुरुष र ७९ महिला गरी १० हजार ५६८ ले रोजगारी पाएका छन् । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेका पछि कृषि तथा वन्यजन्य उद्योग खुल्ने क्रम बढेसँगै घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ३६ बजे

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक