‘स्पेसलाइज्ड ट्रेनिङ मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षण तालिम सम्पन्न « Khabarhub

‘स्पेसलाइज्ड ट्रेनिङ मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षण तालिम सम्पन्न


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सञ्चालित फास्ट एसीयन युनाइटेड नेसन ट्रेनिङ्ग अफ ट्रेनर्स कोर्ष फर द न्यु स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस यूएनपीओएल एसटीएम २०२१ प्रशिक्षक प्रशिक्षण तालिमको आज सोही प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच समापन गरेका छन् ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले  द इन्टरग्रेट ट्रेनिङ्ग सर्भिस (आईटीएस) या  अफ द डिपार्टमेन्ट पिस अप्रेशन (डीपीओ) या  द युएस डिपार्टमेन्ट अफ स्टेट ब्राउ अफ इन्टरनेश्नल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफियर्स (आइएनएएल) को सहकार्यमा सो प्रतिष्ठानले तालिम सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गराएकोमा सशस्त्र प्रहरी बल नेपालको छवि उच्च राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको लागि जाने अधिकारीहरूको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिवृद्धि गर्न थप मद्दत पुर्‍याउने  विश्वास व्यक्त गरे ।  सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिमको दौरानमा सहभागी सदस्य राष्ट्रका प्रशिक्षार्थीहरुबीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको आदान–प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रस्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा खटिने अधिकारीहरूलाई थप टेवा पुग्ने समेत उल्लेख गरे ।

दश दिनसम्म सञ्चालन भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया, मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरूको सहभागी रहेका थिए । कार्यक्रममा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियर, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न, प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू बंशीराज दाहाल र कालिदास धौवजी, द इन्टरग्रेट ट्रेनिङ्ग सर्भिस ( आईटीएस)का प्रशिक्षकहरू लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरूको उपस्थिति रहेको थियो । 


 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ४१ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२