अछाममा ३६ करोड ६४ लाख बेरुजु « Khabarhub

अछाममा ३६ करोड ६४ लाख बेरुजु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका स्थानीय तहमा ३६ करोड ६४ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु ३६ करोड ६४ लाख १० हजार देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ भन्दा ८ करोड ८६ लाख ४५ हजार बेरुजु घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा अछामका स्थानीय तहको बेरुजु ४५ करोड ५० लाख बेरुजु रहेको थियो ।  अछामका केही स्थानीय तहले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा बेरुजु घटेको छ भने केही स्थानीय तहको बेरुजु बढेको छ ।

जिल्लाका १० पालिका मध्येमा सबैभन्दा बढी बेरुजु रामारोशन गाउँपालिका र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिका रहको छ । रामारोशन गाउँपालिकाको बेरुजु रकम ६ करोड ६२ लाख ८३ हजार छ । रामारोशन गाउँपालिको आर्थिक वर्ष २०७६/०७७ मा २ करोड ५२ लाख बेरुजु रहेकोमा गत आर्थिक वर्षमा वढेर ६ करोड ६२ लाख ८३ हजार पुगेको छ ।  जिल्लामा सबैभन्दा कम बेरुजु भएकोबान्नीगढी जयगढ गाउँपालिकाको अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ९ लाख ९ हजार बेरुजु बढेको छ ।

यस्तै साँफेबगर नगरपालिकाको बेरुजु ५ करोड ६२ लाख ३६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा साँफेबगर नगरपालिकाको बेरुजु २५ लाख ६२ हजारले बढेको छ । पञ्चदेवल नगरपालिकाको बेरुजु ४ करोड ९७ लाख १० हजार रहेको छ । पञ्चदेवल विनायक नगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा १२ करोड २३ हजार बेरुजु घटाएको छ । अघिल्लो आर्थिक वर्षमा पञ्चदेवल नगरपालिकाको बेरुजु १७ करोड रहेको थियो । 

ढकारी गाउँपालिकाको बेरुजु ०७७/०७८ ४ करोड ५२ लाख ९८ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा ढकारीको बेरुजु ३३ लाख ५७ हजारले बढेको छ । तुर्माखाँदको गाउँपालिकाको बेरुजु ३ करोड ५४ लाख ८३ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा तुर्माखाँदले बेरुजु १ करोड २३ लाख ३६ हजारले बढेको छ । 

मंगलसैन नगरपालिकाको बेरुजु भने अघिल्लो आर्थिक वर्ष भन्दा घटेको छ । मंगलसैन नगरपालिकाको गत आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड २६ लाख ४७ हजार बेरुजु रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा ४ लाख ७१ हजारले घटाएको छ । चौरपाटी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ५० प्रतिशत बेरुजु घटाएको छ ।गत आर्थिक वर्ष २०७७/०७८ मा चौरपाटीको बेरुजु २ करोड २२ लाख १६ हजार रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ६० लाख बेरुजु घटाएको छ ।

मेल्लेख गाउँपालिकाको भने अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बेरुजु बढाएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मेल्लेखको बेरुजु २ करोड ६५ लाख ८७ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ३४ लाख ५१ हजार बेरुजु बढेको छ ।  कमलबजार नगरपालिकाको बेरुजु २ करोड ३१ लख १४ हजार रहेको छ ।

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा कमलबजारले ३५ लाख ८ हजार बेरुजु घटाएको छ । अछामका १० पालिकामध्ये पञ्चदेवल विनायक नगरपालिका, चौरपाटी र कमलबजारले बेरुजु घटाएका छन भने अन्य पालिकाको बेरुजु बढेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : २० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका