आगामी निर्वाचन माओवादी बलियो पार्टीको रूपमा स्थापित हुन्छ : प्रचण्ड « Khabarhub

आगामी निर्वाचन माओवादी बलियो पार्टीको रूपमा स्थापित हुन्छ : प्रचण्ड


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका छन्।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका हुन्।

उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने समेत बताए। प्रचण्डले माओवादी क्रान्ति मधेसबाटै सुरु भएको र अहिले मधेसमा माओवादीप्रतिको उत्साह पनि बढ्दै गएको तर्क गरे। उनले माओवादीमा प्रवेश गर्नेलाई आवश्यक जिम्मेवारी दिने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू टेकबहादुर शाक्य र वीरेन्द्र प्रसाद यादव लगायत विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराएका थिए।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ४७ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा