बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या | Khabarhub Khabarhub

बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।  

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च नपाउँदा गत श्रावण देखि उधारो खाना खुवाउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका बिरामीका लागि नियमित रुपमा खाना खुवाउँदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । 

अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चारहजार तीनसय ५१ जना बिरामीहरूका लागि अस्पतालले खाना खुवाएको छ । सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैयाँ पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।  प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । बिरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोही अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो । रकम निकासा नहुँदा खाना उपलब्ध गराउँदै आएका व्यक्ति निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । एउटै व्यक्ति करिव वर्षदिनसम्म लाखौँ रुपैयाँ उधारो कारोबार गर्दा व्यवसायिक समस्या भएको हो ।
जिल्ला अस्पताल लमजुङमा तत्कालीन सामुदायिक अस्पताल हुँदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका बिरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो । बिरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानीय तह बेँसीसहर नगरपालिकाले केही रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो । 

अस्पताल प्रदेश सरकार मातहत आउनु अघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका बिरामीहरूलाई नियमित दुईछाक खाना खुवाउन शुरु गरेको हो । अस्पतालले बिरामीको आवश्यकता र चिकित्सकको सल्लाह अनुसार बिहान र बेलुका निशुल्क खाना उपलब्ध गराउँदै आएको थियो । 

बिरामीहरूलाई सामान्यतया दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ । अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टीनबाट सो सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले बिरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरूलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ०० बजे

परीक्षाको खराब नतिजा- शिक्षक नै बढी दोषभागी

सरकारले शिक्षा क्षेत्रमा जतिबेला निरन्तर मूल्याङ्कन प्रणाली राख्यो- त्यो बेला

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाइ

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री केन्द्रीय समिति बैठकमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी