बिरामीलाई खुवाइने खाना खर्चको १५ लाख रुपैयाँ लमजुङ अस्पतालले पाएन | Khabarhub Khabarhub

बिरामीलाई खुवाइने खाना खर्चको १५ लाख रुपैयाँ लमजुङ अस्पतालले पाएन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङको बेसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च नपाउदा गत श्रावणदेखि उधारो खाना खुवाउदै आएको अस्पतालले जनाएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका लागि नियमित रुपमा खाना खुवाउदै आएपनि चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म कुनै रकम नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

अस्पतालका अनुसार गत श्रावण महिना देखि जेष्ठको तेश्रो सातासम्म अस्पतालमा भर्ना भएका चार हजार तीनसय ५१ जना बिरामीहरुका लागि अस्पतालले खाना खुवाएको छ ।

सो अवधीमा खानाको मात्रै १४ लाख ९० हजार सातसय ६८ रुपैया पुगेको र हालसम्म रकम प्राप्त नहुँदा तिर्न नसकेको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारसँग निरन्तर ताकेता गर्दा पनि रकम निकासा नभएको अस्पतालले जनाएको छ । बिरामी खाना खर्च बापतको रकम उपलब्ध गराउन माग गर्दै तीन पटक सम्म पत्राचार गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निशुल्क खाना खुवाउने कार्यक्रम प्रदेश सरकारको भएको र प्रदेश सरकारले सोहि अनुसार बजेट व्यवस्थापन गरेपनि रकम निकासा नभएको हो ।

रकम निकासा नहुँदा खाना उपलब्ध गराउदै आएका व्यक्ती निकै समस्यामा परेको अस्पताल प्रशासनले जनाएको छ । करिब बर्षदिनसम्म लाखौँ रुपैया उधारो कारोबार गर्दा व्यसायिक समस्या भएको हो ।

जिल्ला अस्पताल लमजुङमा तत्कालिन सामुदायिक अस्पताल हुदाको अवस्थामा तीन वर्ष अघिबाट भर्ना भएका बिरामीका लागि निशुल्क खानाको व्यवस्था हुँदै आएको हो ।

बिरामीको निशुल्क खानाको लागि शुरुको वर्षमा अस्पताल रहेको स्थानिय तह बेसीशहर नगरपालिकाले केहि रकम उपलब्ध गराएको थियो । जिल्ला अस्पताल प्रदेश मातहतमा गएसँगै दायित्व पनि प्रदेश सरकारले नै लिएको हो ।

अस्पताल प्रदेश सरकार मातहत आउनु अघि नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भएका बिरामीहरुलाई नियमित दुईछाक खाना खुवाउन शुरु गरेको हो ।

अस्पतालले विरामीको अवश्यकता र चिकित्सकको सल्लाह अनुसार बिहान र बेलुका निशुल्क खाना उपलब्ध गराउँदै आएको थियो ।

बिरामीहरुलाई सामन्यतय दाल भात, अण्डा वा जाउलो व्यवस्था गर्दै आएको छ । अस्पताल भित्रै सञ्चालन गरिएको क्यान्टिनबाट सो सेवा उपलब्ध हुँदै आएको छ ।

अस्पतालले बिरामीलाई खानाको व्यवस्था गरेपछि आफन्तहरुलाई बाहिर होटल खोज्नुपर्ने खाना ओसार्नुपर्ने जस्ता झन्झट हटेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ८ : ४६ बजे

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते