नवनियुक्त भारतीय राष्ट्रपति मुर्मूको ट्विटर खाता छैन: दूतावास « Khabarhub

नवनियुक्त भारतीय राष्ट्रपति मुर्मूको ट्विटर खाता छैन: दूतावास


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित भारतीय राजदूतावासले भारतकी नवनियुक्त राष्ट्रपति द्रौपदी मुर्मूको कुनै ट्विटर खाता नभएको जनाएको छ ।

भारतमा पहिलोपटक आदिवासी समूदायबाट राष्ट्रपति निर्वाचित भएपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत मुर्मूलाई बधाई दिएका थिए ।

दौपद्री मुर्मू नामको फेक खाता बनाएर सो खाताबाट देउवाको ट्वीटलाई कोट गरी धन्यवाद व्यक्त गरिएको थियो । दूतावासले सो ट्वीटर खाता आधिकारिक नभएको स्पष्ट पारेको हो ।

भारतमा राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो । अन्तिम मत परिणामअनुसार मुर्मूले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई व्यापक मतान्तरले पराजित गरेकी हुन् । मुर्मूले ६४.०३ मत प्राप्त गरिन् भने सिन्हाले ३५.९७ प्रतिशत मत प्राप्त गरे ।

उनलाई विपक्षी दलका मतदाताहरूले समेत भोट हालेको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ५० बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२