ड्यानी आल्भेस मेक्सिकन क्लब युनिभर्सिडेडमा अनुबन्धित « Khabarhub

ड्यानी आल्भेस मेक्सिकन क्लब युनिभर्सिडेडमा अनुबन्धित


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिलका फुटबलर ड्यानी आल्भेस मेक्सिकोको क्लब युनिभर्सिडेड नेसनल एसीमा अनुबन्धित भएका छन् । मेक्सिकन क्लबले आल्भेसलाई क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो ।

३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । आल्भेस गत जनवरीमा ६ महिनाको लागि बार्सिलोनामा ५ वर्षपछि फर्र्किएका थिए । यसअघि आल्भेसले सन् २०१६ मा बार्सिलोना छाडेका थिए ।

ब्राजिली क्लब बाहियाबाट व्यवसायिक खेल करिअर सुरु गरेका आल्भेसले सेभिया, बार्सिलोना, युभेन्ट्स, पिएसजी र साओ पाउलो हुँदै पुनः बार्सिलोना फर्किएका थिए । ब्राजिलका लागि १२४ क्याप जितेका आल्भेसले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

उनले आफ्नो व्यवसायिक खेल करिअरमा सर्वाधिक ४३ उपाधि जितेका छन् । आल्भेसले बार्सिलोनाबाट ६ ला लिगा, ४ कोपा डेल रे, ४ सुपर कोपा, २ कोपा क्याटलुनिया, १ सुपर कोपा क्याटलुनिया, ३ च्याम्पियन्स लिग, ३ सुपर कप र ३ फिफा क्लब विश्वकप जितेका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ५६ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ