कतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै  « Khabarhub

कतारमा तिज विशेष कार्यक्रम २०२२ हुँदै 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा ‘तिज विशेष कार्यक्रम २०२२’ हुने भएको छ ।

चर्चित लोक गायिका सुनिता बुढा, शर्मिला बिसी, मोडल तथा नृत्य कलाकार रुबिना अधिकारीका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा २६ अगस्ट शुक्रबारका दिन कतारको रैयान प्राईभेट स्कुल, अल रैयानमा दिउँसो ११ बजेदेखि कार्यक्रम हुने एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

प्रवक्ता क्षत्रीका अनुसार प्रत्येक आयोजक संस्थाबाट संस्थागत प्रतिनिधिसहित २ जना पुरुससहित महिला सहभागिता निःशुल्क गरी कार्यक्रम सम्पन्न गरिनेछ । कार्यक्रम कतार सरकारको स्वीकृतिमा हुन गइरहेकाले दोहास्थित नेपाली दूतावास र कतार सरकारका प्रतिनिधिहरूको पनि उपस्थिति रहने उनले बताए ।

कार्यक्रममा क्रममा कतारको कानुन उल्लंघन हुने क्रियाकलाप नगरिदिन ध्यानाकर्षण गर्दै आयोजकले विशेष गरी मदिरापान प्रयोग नगर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : २१ बजे

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ