पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन « Khabarhub

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा मन्त्री गहतराजले यसपटकको खेलकुदको सम्पूर्ण तयारीसहित कार्तिक पहिलो हप्तासम्म सचिवालय सञ्चालन हुने बताए । मन्त्री गहतराजले कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी प्रतियोगिता सफल पार्नका लागि एकजुट आह्वान पनि गरे ।

३९ वर्षपछि गण्डकी प्रदेशमा आउँदो २८ असोजदेखि ३ कार्तिकसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल पार्न प्रदेश सरकार तयार रहेको प्रदेशका मुख्यमन्त्री नेपाली पोखरेल सुनाए ।

पोखराका मेयर आचार्यले स्थानीय तहलाई संघीय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त प्रतियोगितालाई सफल पार्न आफू लागिपर्ने प्रतिबद्धता जनाए।

प्रदेश राजधानी पोखरा केन्द्रित प्रतियोगिताका विभिन्न खेल मैदान करिब तयारी अवस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ३२ बजे

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय