जुम्लाको तरकारी निर्यात हुन थाल्यो  « Khabarhub

जुम्लाको तरकारी निर्यात हुन थाल्यो 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ । कारितास जर्मन र कारितास नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजना सञ्चालनमा छ ।  

यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही कृषि संकलन केन्द्रले स्थानीयस्तरमा उत्पादित संकलित कृषिजन्यवस्तु दैलेख, जुम्ला, कालीकोट र मुगु जिल्लासम्म ढुवानी भएको छ । कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार सात क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, नौ क्विन्टल दैलेख, सात क्विन्टल कालीकोट र तीन क्विन्टल स्थानीय रारालिही बजारमा गोलभेडा बिक्री गरिएको छ ।

यस्तै एकसय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार गरिएको छ । आलुखेती उत्पादन घट्दो क्रममा रहेकाले स्थानीय आलुको उत्पादन बढाउन आइपिएम विधिमार्फत आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ । उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुवै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए । 

पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधारशील कृषक समूहमा १६ हप्तासम्म सञ्चालन गरिएको हो । पाठशालाको अन्तमा उन्नत प्रविधिबाट छ क्विन्टल र परम्परागत प्रविधिमार्फत चार क्विटल आलु उत्पादन भएको हो । उन्नत प्रविधिबाट आलुको उत्पादनमा वृद्धि भएपछि कृषकले उन्नत प्रविधितर्फ अग्रसर भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : ३६ बजे

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति