लसुनले उचित मूल्य नपाएको किसानको गुनासो  « Khabarhub

लसुनले उचित मूल्य नपाएको किसानको गुनासो 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम(पूर्व)- भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् ।

 अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि ६० पर्छ । चुनबाङका लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन बिक्री गर्दा दुःख नउठ्ने भन्दै प्रतिकिलो रु एक सयका दरले बिक्री गर्न चाहन्छन् । किलोलाई रु एक सय दिएर कसैले लसुन खरिद नगरेपछि अहिले चुनबाङको लसुन घरघरमा थुप्रिएको चुनबाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए।

अहिले आफ्नो मात्रै १० क्विन्टलको हाराहारीमा लसुन रहेको उनले बताए । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेका उनले अहिले भने उत्पादन घटेको बताए। केहीको लसुन उत्पादन गत वर्षको तुलनामा अहिले घटे पनि समग्रमा भने गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको छ । अहिले उचित मूल्य नपाएकै कारण कति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए।

उनका अनुसार अहिले चुनबाङका प्रत्येक घरमा तीनदेखि १० क्विन्टलको हाराहारीमा लसुन छ । लसुनले उचित मूल्य र बजार नपाएको भन्दै उनले अर्को वर्ष लसुन लगाउने क्षेत्र घटाएर मोटो कला लगाउने योजना बनाएको समेत सुनाए। यस्तै चुनबाङकै स्थानीय एवं पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको बताउँदै बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए।

बजार मूल्यभन्दा महँगो हाले लसुन सङ्कलन गर्न भने नसकिने उनको भनाइ । यस वर्ष चुनबाङमा चार सय ३२ दशमलव ३५ मेट्रिक टन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए। उनका अनुसार यो उत्पादन गत वर्षको तुलनामा १२ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । अहिले जिल्लाको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : ५४ बजे

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह