राष्ट्रियसभाबाट पनि शोक प्रस्ताव पारित   « Khabarhub

राष्ट्रियसभाबाट पनि शोक प्रस्ताव पारित  


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सभाले प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिराहा–५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिराहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय सभाको अर्काे बैठक १२ भदौ आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : ०२ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक