माछाका भुरा बिक्रीबाटै २५ लाख आमदानी | Khabarhub Khabarhub

माछाका भुरा बिक्रीबाटै २५ लाख आमदानी


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मीले कृषि पेसालाई पनि आगाडि बढाएका छन् । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उनको धारणा छ ।

इमानको राजनीति गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताको सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उनले स्पष्ट पारे । उनी मोरङ निर्वाचन क्षेत्र नं ६ (क) का प्रदेश सभाका निर्वाचित सदस्य हुन् ।

राजनीतिक पृष्ठभूमि बोकेका प्रदेशसभा सदस्य तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहेका छन् । पछिल्लो समयमा विराटनगर महानगरपालिकादेखि १८ किमी उत्तर बूढीगङ्गा गाउँपालिका–६ कोइलपुरमा उनले विराट कर्मसियल एग्रिकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाका भुरा उत्पादन कार्य सुरु गरेका छन् ।

व्यावसायिक रुपमा माछाका भुरा उत्पादन गर्न थालेपछि उनले पहिलो पटक पाँच लाखका र दोस्रो पटक २५ लाखका माछाका भुरा बिक्री गर्न सफल भएका छन् । अहिले माछाका भुरा उत्पादन गर्न थालेपछि यस व्यवसायमा लाग्ने किसानलाई राहत भएको छ । ठूलो मात्रामा भुरा उत्पादन गर्न उनले १० बिघा १० कठ्ठा जग्गामा २३ वटा पोखरी खनेका छन् । उनले यो व्यवसाय अङगालेको आठ वर्ष भयो ।

एक पटकमा १० लाख भुरा उत्पादन गर्ने संरचना निर्माण गरेका तवदारले प्रत्येक भुरा दुईका दरले बिक्री गरेका छन् । सोह्र घण्टादेखि २४ घण्टामा माछाका भुरा निस्कने र छ दिनपछि बिक्री योग्य बन्ने रेहु, भाकुर, ग्रास कार्प, कमल कार्प, नैनी जस्ता जातका माछा उत्पादन हुने गरेको छ ।

तवदारले माछाका भुरा उत्पादन गर्न विशेषज्ञका रुपमा नेपाल सरकारका पूर्व मत्स्य विकास अधिकृत कर्मचारी हुकुमलाल सिंहलाई कर्मचारीका रुपमा राख्नुभएको छ । उनको मेहनत र लगनशीलता देखेर प्रदेश सरकारले हायरिङ मत्स्य प्रजनन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले १५ लाख अनुदान पनि सहयोग गरेको छ । 

माछा पोखरीको क्षेत्र बढाउन पोखरीसँगै जोडिएको दक्षिणतर्फको खाली जग्गा खरिद गर्ने योजना बनाएका तवदारले जनतालाई आवतजावत गर्न सुविधा दिने हिसाबले पोखरी क्षेत्रको बीचबाट एउटा सार्वजनिक बाटो पनि निर्माण गरेका छन् । चारैतिर घेरबार भए पनि बीचमा बाटो भएका कारणले जनतालाई एक गाउँबाट अर्को गाउँ जान निकै सुविधा भएको स्थानीयवासी सत्यनारायण चौधरीले जानकारी दिए । 

उनले माछाका भुरासँगै बाख्रा, हाँस, स्थानीय जातका कुखुरा र लोप हुन लागेको हराजाताको बङ्गुुर पालन पनि सुरु गरेका छन् । पैतालीस थान बाख्रा र २० बङ्गुरसहित हजारौँको सङ्ख्यमा हाँस पोखरीमा चरण गरेको दृष्य देखेर जोकोहीको पनि मन लोभिन सक्छ । जमुनापारी र बयर बोकासँग क्रस गराउने र नश्ल सुधार भएमा यो कार्यलाई निरन्तरता दिने योजना बनाएका सदस्य तवदारको फर्ममा आठ जनाले नियमित रोजगार पाएका छन् ।

पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले निजी क्षेत्रबाट गरेको यस किसिमको प्रयासलाई राज्यका तर्फबाट पनि बढावा दिनुपर्ने धारणा राख्दै माछामा मात्र होइन माछाका भुरामा पनि आत्मनिर्भर बन्नुपर्ने बताए  ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  २ : ३० बजे

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार एकै

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक