पशुपति सङ्ग्रहालयको शुभारम्भ « Khabarhub

 पशुपति सङ्ग्रहालयको शुभारम्भ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ ।सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुहुँदै नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताए । नेपालमा पर्यटन प्रवर्द्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

‘मूर्त, अमूर्त सम्पदा संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ, सम्पदाका माध्यमबाट पर्यटनको विकासलाई सहयोग गर्छ, यसले अर्थतन्त्रलाई टेवा दिन्छ, पशुपतिनाथ मन्दिर आउने धर्मावलम्बी र पर्यटकका लागि सङ्ग्रहालय आकर्षक केन्द्र बन्नेछ’, उनले भने।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त महास्नान घरलाई बैंकले प्रबलीकरण गरी सङ्ग्रहालय निर्माण गरेको हो । ‘भूकम्पले भत्किएका पशुपति क्षेत्रका ९६ मध्ये ६३ वटाको पुनः निर्माण सम्पन्न भएको छ, पशुपति क्षेत्रमा आठ सय १८ सम्पदा छन्, यसको संरक्षणका लागि कोषले काम गरिरहेको छ’, उनले भने ।

 सङ्ग्रहालयमा दुई सय ६५ सामग्री राखिएको जानकारी पनि सदस्य सचिव थापाले दिए । विसं २०८० मा भ्रमण वर्षका रुपमा पशुपति दर्शन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि दिए । मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले सङ्ग्रहालय निरन्तर सञ्चालनका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिए । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सङ्ग्रहालय निर्माणसँगै विगत पाँच वर्ष अघिदेखि पशुपति क्षेत्रको सरसफाइमा पनि बैंकले सहयोग गरिरहेको जानकारी दिए । 

 कार्यक्रममा सङ्ग्रहालयको निर्माणमा लाग्नुभएका वास्तुविद् पद्मसुन्दर महर्जन, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतले पशुपति क्षेत्रको महत्व बढाउन सङ्ग्रहालय सफल हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : १० बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,