केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ  « Khabarhub

केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

सोमबार काठमाडौंमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । विदाई कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टीममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताए । उनले प्रतियोगताका लागी राम्रो तयारी भएको र नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे ।

त्यस्तै क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम नयाँ ऊर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताए । उनले यो सिरिजमा राम्रो अपेक्षा गरेको बताए ।

त्यस्तै क्यान अध्यक्ष चन्दले नेपाली टोलीलाई थप अनुभव हासिल गर्न केन्या भ्रमण महत्वपूर्ण हुने बताए । सिरिजका लागि नेपालले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको थियो । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : १६ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)