प्रचण्डले बुझे छानबिन कार्यदलको प्रतिवेदन  « Khabarhub

 प्रचण्डले बुझे छानबिन कार्यदलको प्रतिवेदन 


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका अन्तर्घातबारे केन्द्रीय समितिले गठन गरेको छानबिन कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार बुझ्दै अध्यक्ष प्रचण्डले पार्टी अनुशासनविपरीत कार्य गर्नेलाई सुझावका आधारमा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । 

पार्टी मुख्यालयमा पेरिसडाँडामा प्रतिवेदन बुझेका प्रचण्डले कार्यदलले निष्पक्ष, पूर्वाग्रहबिना सुझाव दिएको आफूले विश्वास गरेको भन्दै प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए । 

स्थानीय तह निर्वाचनमा विभिन्न ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै कार्यदलले निष्कासन, निलम्बन र चेतावनीको कारबाही गर्न दिएको सुझावलाई आफूले मनन गरेको प्रचण्डको भनाइ छ । 

टंक राईको नेतृत्वका गठित छानविन कार्यदलले देशभरका आरोपित नेता कार्यकर्तासँग बयान लिएर तयार पारेको प्रतिवेदन बुझ्दै प्रचण्डले अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी निर्माण नहुने बताए । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ४ : ५६ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को