कुटपिटबाट वृद्धको मृत्यु « Khabarhub

कुटपिटबाट वृद्धको मृत्यु


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाँको कुटपिटबाट उनको मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनीयाँ र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते धुनियाँको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ३६ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)