बालयौन दुरुपयोगका आरोपित फरार अभियुक्त पक्राउ « Khabarhub

बालयौन दुरुपयोगका आरोपित फरार अभियुक्त पक्राउ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । 

जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो । 

उनलाई जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुचोकबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । उनलाई सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : २० बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)