चुनावमा हारे पनि आन्दोलनमा हार्नु हुन्न : बिजुक्छे | Khabarhub Khabarhub

चुनावमा हारे पनि आन्दोलनमा हार्नु हुन्न : बिजुक्छे


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)  ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकमा उहाँले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारे पनि जनताको पक्षमा हुने कुनै पनि आन्दोलन हार्न नहुनेमा जोड दिए ।

उनले मुलुकको परिस्थितिले नयाँनयाँ आन्दोलनको खाँचो भएको बताए । उनले भने, ‘मुलुकको अहिलेको अवस्थामा नयाँनयाँ आन्दोलन गर्नुपर्ने स्थिति बनेको छ । राजनीतिमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नुहुँदैन ।’

बैठकमा उनले कार्यकर्तामा आवश्यक गुणबारे स्पष्ट पार्दै प्रशिक्षण दिएका थिए । राजनीतिलाई फाइदा र बेफाइदामा केन्द्रित गर्दा मुलुक आजको अवस्थामा पुगेको विश्लेषण गर्दै उनले भने, ‘फाइदा–बेफाइदामा केन्द्रित हुने कार्यकर्तामा जुझारुपन हुँदैन । वैचारिकरूपले ठीक कार्यकर्ताहरूले पार्टीभित्र होस् या समाजमा संघर्ष गर्छन् ।’

वर्गीय तथा पेशागत सङ्गठनका इन्चार्जको उपस्थिति रहेको बैठकमा बिजुक्छेले आत्म समीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेकोमा जोड दिए । “कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ/छैन गतिविधिबाट थाहा हुन्छ, आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने कुराले पार्टी कार्यकर्ताको मूल्यांकन गर्नु आवश्यक छ’, उनले भने । 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ०३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको