लमजुङबाट ठुलो परिणामसहित लागुऔषध कारोबारी पक्राउ « Khabarhub

लमजुङबाट ठुलो परिणामसहित लागुऔषध कारोबारी पक्राउ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङले ठूलो परिणाममा लागूऔषधसहित बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट दुई जनाको साथबाट ३ सय ११ थान लागूऔषधसहित पक्राउ गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका ३ बस्ने २९ वर्षको दोर्जे भनी चिनिने भीम बहादुर तामाङ र बेसिशहर नगरपालिका ८ बस्ने वर्ष ४२ का बमबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङको साथबाट २ एमएलको डाइजेपाम एम्पुल ९० थान, फेनारगन एम्पुल ८९ थान, नुफिन एम्पुल ८७ थान , दुई थान मोबाइल र नागरिकता बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

यस्तै अर्का लागूऔसध कारोबारी कवाडी बमे भनी चिनिने बस्नेतको साथबाट २ एमएलको डाइजेपाम एम्पुल १५ थान, फेनारगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले तामाङलाई आइतबार र बस्नेतलाई शुक्रबार लागूऔषधहित पक्राउ गरिएको बताए । पक्राउ परेका तामाङ र बस्नेतलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : ५७ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)