विप्लव नेकपासँगको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौं : गृहमन्त्री | Khabarhub Khabarhub

विप्लव नेकपासँगको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौं : गृहमन्त्री


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनमा प्रतिबद्धता जनाएको छ ।

सोमबार गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेकपा र सरकारबीच यसअघि भएको सम्झौता कार्यान्वय हुने बताएका हुन् । सरकार र विप्लव नेतृत्वको नेकपाबीच केपी शर्मा ओली नतृत्वको सरकारले २०७७ फागुन २० गते सम्झौता गरेको थियो ।

गृह मन्त्रालयमा खाण, कोइराला र खातीले संयुक्त पत्रकार सम्मेलन गर्दै नेकपासँग भएको सहमतिअनुसार विभिन्न निकायले काम गरिरहेको बताएका छन् ।

गृहमन्त्री खाडले राजनीतिक समस्याहरुको हल संवादबाट खोजिने जनाए । ‘विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ । सरकारका विभिन्न निकायहरूले काम गरिरहेको अवस्था छ,’ उनले भने ।

सहमति कार्यान्वयनका लागि गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय एवं मातहतका कार्यालयमार्फत निरन्तर काम हुने उनले बताए ।

गृहमन्त्री खाणले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेदेखि नै चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनका लागि शीर्ष तहमा छलफल भइरहेको बताए ।

नेकपाका नेताहरूविरुद्ध देशका विभिन्न जिल्लामा ६ सय १० वटा मुद्दा दर्ता भएको कानुनमन्त्री कोइरालाले जानकारी दिए । त्यसमध्ये ५२३ जनाको मुद्दा फिर्ता भइसकेको उनको भनाइ छ । ८७ वटा मुद्दा भने क्लियर हुन बाँकी रहेको उनले बताए ।
नेगेटिभ लिस्टका मुद्दा भने फिर्ता लिन नसकिने मन्त्री कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : १९ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं