हत्याका घटना बढेको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

हत्याका घटना बढेको भन्दै पाकिस्तानमा प्रदर्शन


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लक्षित हत्याका घटना बढेको भन्दै पाकिस्तानको उत्तरी वजिरिस्तानका स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार आफ्नो क्षेत्रमा हत्याका घटना बढेको र दण्डहीनता मौलाएको उत्तरी वजिरिस्तानका स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका हुन् ।

स्थानीय उथमानजाई जातीका मुखियाको अग्रसरतामा प्रदर्शनको आयोजना गरिएको जनाइएको छ । यसबाहेक दवार र अहमदजाई जातीका स्थानीयहरु प्नि प्रदर्शनमा सहभागी भएको डनले उल्लेख गरेको छ ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने प्रदर्शनकारीले जनाएका छन् ।

आन्दोलनकारीले आन्दोलन जारी रहेसम्म सरकारी कार्यालयमा नजाने, सरकारी अधिकारीलाई नभेट्ने एवम् कुनै पनि सरकारी कार्यक्रममा सहभागी नहुने समेत जनाएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ५ : ५३ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने