कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ « Khabarhub

कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

विश्व सम्पदा सूचीमा परेका हनुमानढोकास्थित दरबार क्षेत्र र स्वयम्भूसम्मको दूरीलाई पदमार्गस्थलका रुपमा व्यवस्थित गरी सम्पदामार्गदेखि सम्पदामार्गसम्मको कार्यक्रमको प्रक्रियासमेत सुरु गरिएको उनले जानकारी दिए। काठमाडौँ उपत्यकाका विभिन्न सात सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएकामा यी दुवै स्थान पर्ने र करिब तीन किलोसमटरको दूरीमा रहेको उनको भनाइ थियो ।

पर्यटन प्रवद्धन लागि पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार ल्याउँदै मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजनावद्ध रुपमा अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : २० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ