प्रदेश सरकारको उपस्थिति देखिने गरी काम गर्न निर्देशन « Khabarhub

प्रदेश सरकारको उपस्थिति देखिने गरी काम गर्न निर्देशन


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको उपस्थिति देखिनेगरी काम गर्न प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रतिष्ठानले पेस गरेको वार्षिक प्रतिवेदन बुझ्दै उनले सङ्घीयतालाई संस्थागत गर्न र प्रदेश सरकारको औचित्य साबित गर्ने सवालमा अझ चिन्तनशील भएर काम गर्न निर्देशन दिए ।

नागरिकले पाउने सेवा प्रवाहका क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई आवश्यकतानुसारका तालिम प्रदान गर्न प्रतिष्ठानले थप मेहनत गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड थियो । उनले अन्य प्रदेश र गण्डकीमा स्थापित प्रतिष्ठान र तिनका कार्य सम्पादनबारे जिज्ञासा राखेका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले मुख्यमन्त्री पोखरेलसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमा गत वर्षलाई रणनीतिक, आर्थिक, संस्थागत विकासको वर्षका रुपमा लिएर काम गरिएको उल्लेख छ । प्रदेश तथा स्थानीय तहका लागि तालिम आवश्यकताको पहिचान र सोका आधारमा वार्षिक कार्यक्रम र बजेट निर्माण गरिएको छ ।

निर्देशक पाण्डेले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि लामो र छोटो अवधिका एक सय ६३ वटा तालिमबाट ६ हजार आठ सय ८७ जनाको क्षमता विकास गरिएको जानकारी दिइयो । उनका अनुसार गण्डकी प्रदेश लोक सेवा आयोगद्वारा प्रदेशअन्तर्गतका कार्यालय र स्थानीय तहका लागि छनोट गरी सिफारिस भएका आठ सय २० जना प्राविधिक कर्मचारीलाई सेवा प्रवेशसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : ५५ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन