विश्व इतिहासमा आज : इरान–इराकबीच युद्धको सुरुवातदेखि ‘शान्ती कोप्रस’को स्थापनासम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : इरान–इराकबीच युद्धको सुरुवातदेखि ‘शान्ती कोप्रस’को स्थापनासम्म


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल असोज ६ गते बिहीबार । सन् २०२२ को सेप्टेम्बर २२ तारिख । आजको दिन इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९९१ सेप्टेम्बर २२ मा ‘हन्टिङ्टन लाइब्रेरी’ ले ‘डेड सि स्क्रोलहरु’ को तस्वीर सर्वसाधारणको लागि उपलब्ध गराएको थियो ।

सन् १९८० सेप्टेम्बर २२ मा इराकले इरान अतिक्रमण गरेसँगै इरान–इराकबीच युद्धको सुरुवात भएको थियो । २० औँ शताब्दीको घातक युद्ध मानिने सो युद्ध ७ वर्षसम्म चलेको थियो । यद्यपि, सो दौरान कुनै पनि राष्ट्र विजयी भएन ।

सन् १९७९ सेप्टेम्बर २२ मा अमेरिकाद्धारा सञ्चालित ‘भेला’ उपग्रहले हिन्द महासागरमा उज्जवल चमहरुको श्रृंखला देखेको थियो । सो किरणलाई वायुमण्डलमा भएको आणविक विष्फोटलाई कारण मानिएको थियो । तथापि, सो किरणको वास्तविक कारण र कारक भने आज सम्म पनि पत्ता लागेको छैन ।

सन् १९७५ सेप्टेम्बर २२ मा सारा जेन मूरले दुई गोली प्रहार गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जेराल्ड फोर्डको हत्या गर्ने प्रयास गरेका थिए । तर, दुवै गोली फोर्डलाई लाग्नुबाट चुकेको थियो ।

सन् १९७० सेप्टेम्बर २२ मा संयुक्त राज्य अमेरिका कांग्रेसमा प्रतिनिधित्व गर्दै राष्ट्रपति रिचर्ड निक्सनले कोलम्बिया प्रतिनिधि अधिनियमको जिल्ला ऐनमा हस्ताक्षर गरेका थिए ।

सन् १८६९ सेप्टेम्बर २२ मा राष्ट्रिय थिएटर म्यूनिखमा ‘दास राईनगोल्ड’ नामक साङ्गीतिक नाटक प्रस्तुत गरिएको थियो । सो नाटकमा रिचर्ड वाग्नरद्धारा लिखित ‘द रिङ अफ द निबेलुङ’ पनि समावेश गरिएको थियो ।

सन् १९६१ सेप्टेम्बर २२ मा राष्ट्रपति जोन केनेडी कांग्रेस कार्यमा हस्ताक्षर गर्दै ‘शान्ती कोप्रस’ को स्थापना गरेका थिए।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : २० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द