रुसलाई सजाय दिन राष्ट्र संघसँग युक्रेनी राष्ट्रपतिको माग « Khabarhub

रुसलाई सजाय दिन राष्ट्र संघसँग युक्रेनी राष्ट्रपतिको माग


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्र संघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’, जेलेन्स्कीले भने । रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए ।

जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे । उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिने कोषको लागि पनि आह्वान गरेका छन् ।

जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि अपिल गरेका छन् । युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ७ : ३१ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।