मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन् | Khabarhub Khabarhub

मनाङको शैक्षिक अवस्था : शिक्षक छन्, विद्यार्थी छैनन्


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मनाङ – हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन्। विद्यालय भए पनि विद्यार्थी न्यून छन्। अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन्।

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन्। नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले जानकारी दिए। ‘भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाइ सकिनासाथ विद्यालय रित्तिने गरेका छन्’, उनले भने।

मनाङमा बाढी पहिरोको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ। जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उनको भनाइ छ। शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताए। विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उनले बताए।

जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थी विहीन भएका छन्। ‘विद्यालय भवन र शिक्षक छन्। विद्यार्थी छैनन्। यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन’, चपाईले भने, ‘केही विद्यालयमा इसिडीका विद्यार्थी छन्। ‘बाढीपहिरोको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उनले बताए।

जोखिम रहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ। बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ८ : ४१ बजे

आजका समाचार : बढ्दै सरकारको आलोचना, छबिको बयान सकियो, रविको बाँकी र बेलुन महोत्सव सुरु

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत हस्मीबीच भेट प्रधानमन्त्री केपी शर्मा

सलोन बस्नेतको ‘रंगी’को जापान राइट्स बिक्री

काठमाडौं- नायक सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’को जापान प्रदर्शन

पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टन अस्पताल भर्ना

वासिङटन डिसी – अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई बिरामी वासिङ्टनको

सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, लीलाको सुरु, त्यसपछि रविको

पोखरा-  गोर्खा मिडिया नेट्वर्कका पूर्वउपाध्यक्ष एवम् पूर्वडीआईजी छविलाल जोशीसँग जिल्ला

सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छ : कतार

एजेन्सी – इस्लामवादी नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताच्यूत गरेपछि