बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. आजदेखि अस्थायी मतदाता नामावली संकलन सुरु
समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि सुरु हुने भएको छ। अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ। यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

२. १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको जनाएको हो। नियुक्त भएका अधिकृतहरूलाई यही असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण दिइने आयोगले जनाएको छ। अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरी कार्यक्षेत्र खटिने आयोगले जनाएको छ।

३. वैद्य माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतका चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन्। क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन्।

४.  पूर्वआईजीपी खनाल एमाले प्रवेश गर्दै
पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। एमालेबाट निर्वाचन लड्न टिकट लिनेगरी उनी पार्टी प्रवेश गर्न लागेको बताइएको छ। आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ। प्रहरीमा बहालमा रहँदा निकै लोकप्रियता कमाएका खनाल अवकाश पछि भने सांसद अपहरण प्रकरणमा जोडिएर विवादमा तानिएका थिए।

५. ठूला करदातालाई १० दिनभित्र कर तिर्न महानगरको पत्राचार
काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा ल्याउन पत्र काट्ने अभियान सुरु गरेको छ। सोही अभियानका क्रममा ३१ ठूला करदातालाई घरजग्गा सम्पत्ति कर बुझाउन पत्र काटेको छ। महानगरअन्तर्गत राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले ३१ ठूला करदाता र १० जनाको नाममा पत्र काटिएको जानकारी दिए। अब ठूला करदातासँगसँगै अन्य सामान्य व्यक्तिका नाममा पनि पत्र काट्दै जाने उनले बताए।

६. दसैँमा दुई सय लक्जरी बस थपिने
दसैँका लागि व्यवसायीले दुई सय नयाँ लक्जरी बस थप्ने भएका छन्। दसैँलाई लक्षित गर्दै निजी लगानीमा नयाँ बस थप्न लागेको व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैँमा थप्न लागिएका एसी सुविधासहितका डिलक्स बस लामो दूरीमा सञ्चालन हुने जानकारी दिए। यसअघिका दसैँमा व्यवसायीले करिब चार सय नयाँ बस थप्ने गरेको भए पनि यसपटक बैंकले ऋण नदिँदा नयाँ बस थप गर्न समस्या भएको व्यवसायीले बताएका छन्।

७. कपन आगलागीमा मृतक तीनै जनाको सनाखत
काठमाडौँको कपनमा भएको आगलागीमा मृत्यु हुने तीन जनाको सनाखत भएको छ। गए राति बुढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। कार्यलयका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको जानकारी दिए।

८. मनाङमा विद्यार्थीविहीन विद्यालय
हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्रै अडिएको पाइएको छ। विद्यालय भए पनि विद्यार्थी न्यून रहेका छन्। अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका  कक्षामा विद्यार्थी न्यून भएको पाइएको हो। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा रहेका छन्।

९.युक्रेन युद्धको विरोधमा रुसमा प्रदर्शन
युक्रेन युद्धको विरोधमा रुसमा व्यापक प्रदर्शन सुरु भएको छ। युक्रेन युद्धको विरोधमा रुसमा भएको प्रदर्शनमा झन्डै एक हजार प्रदर्शनकारी पक्राउ परेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो। सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ।

१०. सी’ डिभिजन लिग छनौट सुरु हुँदै
सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज सुरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ’ए’ को प्रगति युथ क्लब र मुसुरिया फुटबल एकेडेमी भिड्ने छन्। खेल दिउँसो १२ : १५ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा समूह ’बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल ३ : ३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। ५८ रन बनाएको थियो। यी दुई देशबीचको दोस्रो टि–२० खेल भोलि हुनेछ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ९ : ५८ बजे

काभ्रे प्रहरीबाट पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही

अस्पतालमा शय्या विस्तार नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको