गठबन्धनले गणतन्त्रमाथि हमला गर्‍यो : महासचिव पोखरेल  « Khabarhub

गठबन्धनले गणतन्त्रमाथि हमला गर्‍यो : महासचिव पोखरेल 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् ।

गणतन्त्रको प्रतीकको रूपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए ।

‘हाम्रा नेपाली चेलीहरू विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतीक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो चेलीहरूको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरूको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरूसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

विवाह लगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै उनले भने, ‘म पाँच दलीय गठबन्धनलाई सोध्न चाहन्छु, विवाह लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १ : ०५ बजे

विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई

कोइराला परिवारका शेखर–शशांकसँग नेतृत्वचेत देखिएन : अमरसिंह पुन

काठमाडौं- पार्टीलाई विधि विधानबाट चलाउनु पर्छ भन्ने आवाज बुलन्द गर्दै

जेन-जी सहिदकी दिदी भन्छिन्- मेरो भाइको नाममा सालिक बनाइयोस्

काठमाडौं– पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष

विशेष महाधिवेशनमा विनोद चौधरी पनि उपस्थित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेता मानिएका