एनएमबि बैंक र सिप्रदिबीच सहकार्य « Khabarhub

एनएमबि बैंक र सिप्रदिबीच सहकार्य


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरूमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्नेगरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्छ।

जसमा ८०% फाइनान्सिङ्गसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जनाइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकले उक्त समझदारी गरेको छ । यसमा न्यून ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरू समावेश गरिएको छ । एनएमबिको उक्त कर्जा योजना, व्यवसायसंग सँगै वातावरणीय दायित्व पुरा गर्ने सचेत प्रयास पनि रहेको जनाइएको छ । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ ।   

उक्त योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।  

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ३३ बजे

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा