भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै, भारतीय सिनेमा घरमा हाउस फुल  « Khabarhub

भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै, भारतीय सिनेमा घरमा हाउस फुल 


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए ।

केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए ।

केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरूले प्राथमिकता दिएका थिए । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जूमले प्रदीप र क्रिष्टिनासँँग प्रेमगीत ३ बारेमा अन्तर्वार्ता लिएको थियो ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो । भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  २ : ०० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल