'समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ' | Khabarhub Khabarhub

‘समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ’


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रूपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् । सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन्। 

मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भई काम गर्न आग्रह गरिन् । उनले नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन् । मन्त्री रेग्मीले मुलुक संघीय संरचनामा गइसकेको विद्यमान अवस्थामा परिषद्ले आफ्नो भूमिकालाई समय सापेक्ष परिमार्जन गर्दै परिषद्को संरचनागत विस्तर गर्नुपर्ने आवश्यकता रहेको बताइन् । परिषद्बाट गरिने सेवालाई सहज र छिटोछरितो बनाउन विद्युतीय माध्यमबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् । परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनुरूप परियोजना सञ्चालन गर्नेगरी संघ संस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुआत गरिएको उनले जानकारी दिइन् ।

‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघ संस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको हो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले मुलुकको सर्वाङ्गीण विकासमा सामाजिक शक्ति परिचालन गरी सरकारको प्राथमिक लक्ष्य हासिल गर्न गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका हुने बताइन् ।

उनले एकद्वारा सूचना प्रणालीको विकास गर्दै प्रभावकारी अनुगमन सुशासन कायम गर्न सरोकारवाला संस्था गम्भीर हुनुपर्ने बताइन् । सचिव शर्माले नीतिगत कानुनी र संरचनागत सुधार गरी गैरसरकारी संस्थाको कार्यक्षमतालाई व्यवस्थित र पारदर्शी बनाइनुपर्नेमा जोड दिइन् ।

परिषद्का सदस्यसचिव मनोज भट्टले नेपाल सरकारको विकास अभियानलाई साकार तुल्याउन गैरसरकारी संस्थामार्फत हुने लगानी-भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा सुनिश्चित गर्न परिषद् लागि परेको जानकारी दिए । उनले गैरसरकारी संस्थाका काम स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा गर्ने, कामलाई निष्पक्ष, पारदर्शी र जवाफदेही बनाई एकद्वारा नीतिअनुरूप व्यवस्थित बनाइने बताए ।

दिवसका अवसरमा भृकुटीमण्डपमा एक दिवसीय प्रदर्शनी आयोजना गरिएको छ । एक सय प्रदर्शनी कक्षमा सामाजिक संस्थाले समाजमा गरेका विकास र उत्पादन सामग्रीको ‘डेमो’ प्रदर्शन गरिएको छ । तिलगङ्गा आखा अस्पतालले पनि आँखा दान महादान अभियान सुरु गरेको छ । उक्त प्रदर्शनी कक्षको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए । सोही अवसरमा प्रधानमन्त्री देउवाले समाजकल्याण परिषद्को ‘डिजिटल पोर्टल’ शुभारम्भ गरे । परिषद्ले अनलाइनबाट सेवा पर्वाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पोर्टलमार्फत अनलाइनबाट गैरसरकारी संस्था दर्ता, नवीकरण र कार्यालयका सबै कागजात अभिलेख राखिने जनाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्म परिषद्मा आवद्ध कूल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ वटा रहेका छन् भने दुई सय हाराहारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  २ : २५ बजे

वन सम्पदाको उपयोगबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शाही

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई समृद्धिसँग

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी

मस्को– युक्रेनी ड्रोन र छिमेकी रुसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८०

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्