चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो | Khabarhub Khabarhub

चाडपर्व नजिकिएसँगै स्वदेश फर्किने क्रम बढ्दो


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कैलाली– बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।

सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भित्रिएका छन् । चाडपर्व नजिएकोले भारत जाने भन्दा पनि स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो ।

लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आएका डोटीको आदर्श गाउँपालिकाका रमेश खड्काले चाडपर्व मनाउँनकै लागि घर फर्केको बताए । ‘दसैँमा परिवारका सदस्यबीच सबै जना एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार पकाइ खाइ रमाइलो गरी मनाउने गरिन्छ’ उनले भने, ‘यसले घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नु परेको आभास रमाइलोमै बित्छ ।’

सोही गाउँपालिकाका नरिबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकोले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भित्र्याउन आफू भारतको पञ्जाबबाट आएको सुनाए । 

यसरी छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फुर्सद प्राप्त हुने समयमा घर आउने गरिएको पाइन्छ, भने खेतीपाती नहुने लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेको पाइन्छ ।  

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागढ, नासिक, पञ्जाब, अहमदाबाद लगायतका  सहरहरुमा जाने गर्दछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ३ : ४२ बजे

मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलेकै हालत हुन सक्छ

काठमाडौं- स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल

यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिइनेजस्ता अमानवीय तथा

अर्थसंक्षेप : संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिनदेखि लुम्बिनीको बजेट पारितसम्म

काठमाडौं– क्यानको अनुमति बिना नेपाल वायुसेवा निगमको जहाज मर्मतको लागि

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि

एमालेमा नअटाएका भीम रावलले खोल्लान् नयाँ पार्टी ?

काठमाडौं– डा. भीम रावल पछिल्लो समय नेकपा एमालेको राजनीतिमा ‘न