अवैध लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

 अवैध लागूऔषधसहित पाँच जना पक्राउ


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तिनकुने चोकबाट ३२ केजी गाँजासहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् ।

हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको रंगेली नगरपालिका–७ निचामारी पुलबाट करिब ३६ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–४ गोपी कामत बस्ने २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश कुमार दास रहेका छन् । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले को.३१ प ४४१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको