अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरेका हुन्।

छनोट हुने नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की छन् । यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र रञ्जित धिमाल रहेका छन् । मिडफिल्डरमा सेसेहाङ आङदम्बे, तेज तामाङ, विशाल राई एरिक विष्ट, सुरजज्यू ठकुरी, सुदीप गुरुङ र सुजल श्रेष्ठ छन् ।

फरवार्डमा विमल घर्तीमगर, रितिक खड्का मनिष डाँगी अन्जन विष्ट र आशिष चौधरी रहेका छन् ।  टोलीमा थ्रिस्टार क्लबका खेलाडी रितिक खड्का र चर्च ब्वाइज युनियन क्लबका आशिष चौधरी टोलीमा नयाँ खेलाडी हुन् । नेपाल र बङ्गलादेशबीचको खेल यही असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ५ : ३५ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले