एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक « Khabarhub

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले तीनवटा नयाँ भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको छ । नजिकिँदै गरेको चाडपर्वको अवसरमा उक्त प्याकहरू सञ्चालनमा ल्याएको हो ।  

यी प्याकहरू शुक्रबार देखि लागू हुने छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । 

१ दिनको भ्वाइस प्याकेजअन्तर्गत ग्राहकले कर सहितमात्र ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याकेजअन्तर्गत ग्राहकले २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्ने छन् । आफ्नो आवश्यकताअनुसार बढि समयावधि चाहिने ग्राहकले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहितमात्र ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल  गर्न सकिने जनाइएको छ । सकिने छ । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरू सुचारु गर्न सक्नेछन् । 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कल गर्न सकिने गरि ग्राहकका लागि  चाडपर्वको अवसरमा यी प्याकहरू ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको समेत एनसेलले जनाएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ५ : ५८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल