जंगी अड्डामा प्रहरी, सशस्त्र र राअविका प्रमुखसँग प्रधानसेनापतिको छलफल « Khabarhub

जंगी अड्डामा प्रहरी, सशस्त्र र राअविका प्रमुखसँग प्रधानसेनापतिको छलफल


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुरक्षा निकायका प्रमुखहरुबीच आज छलफल भएको छ । प्रधानसेनापति प्रभुुराम शर्माले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहित आफ्नो टिमका रथीहरुलाई राखेर आसन्न निर्वाचन सुरक्षा केन्द्रीत छलफल गरेका छन् ।

छलफलमा समसामायिक समग्र सुरक्षा अवस्थाको समिक्षा गर्दै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको विषय केन्द्रीत रहेको थियो । सेनाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा बैठक बसेको जनाएको छ ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रमले निर्वाचन सुरक्षामा पार्ने चुनौती र सम्वेदनशीलताका विषयमा समेत सुरक्षा प्रमुखहरुले विश्लेषण गरेका थिए ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ८ : ५७ बजे

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय