इरानमा जारी आन्दोलनका कारण १७ जनाको मृत्यु « Khabarhub

इरानमा जारी आन्दोलनका कारण १७ जनाको मृत्यु


६ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पेरिस – कुर्दिश युवती महसा अमिनीको हिरासतमा भएको मृत्युलाई लिएर जनआक्रोश बढेपछि इरानमा जारी अशान्तिका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ ।

२२ वर्षीया अमिनीको गत हप्ता इरानी प्रहरीले ‘अनुचित’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउपछि हिरासतमा मृत्यु भएको थियो । लगभग तीन वर्षमा देशव्यापी तनाब सिर्जना गरेको विरोधप्रदर्शनलाई पछिल्ला केही दशक यता भएका सबैभन्दा ठूला आन्दोलनमध्ये एक आन्दोलनका रूपमा हेरिएको छ ।

‘तानाशाहको मृत्यु’ र ‘महिला, जीवन, स्वतन्त्रता’, प्रदर्शनकारीहरूले अनलाइनमा शेयर गरिएको भिडियोमा चिच्याएको सुन्न सकिन्छ ।

झडपमा मारिएकामध्ये प्रहरी र मिलिसियाका अधिकारीहरू पनि रहेको सरकारी टेलिभिजनले जनाएको छ भने विदेशमा रहेका मानव अधिकारवादी समूहहरूले अझै धेरै व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।

एम्नेस्टी इन्टरनेसनल र अन्य मानवअधिकार वादी समूहका अनुसार सुरक्षाकर्मीले भीडमाथि गोली चलाउनुका साथै अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ ।

इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप र इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।

न्युयोर्कदेखि इस्तानबुलसम्म भएको ऐक्यबद्धता प्रदर्शनमा प्रतिध्वनित कडा ड्रेस कोडको विरोधमा केही महिलाहरूले आफ्नो स्कार्फ जलाएका छन् र प्रतीकात्मक रूपमा कपाल काटेका छन्।

तेहरानबाट पक्राउ परेकी मृतक अमिनीको टाउकोमा गम्भीर चोट लागेको भेटिएको अधिकारकर्मीहरूले दावी गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : ३६ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट