मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान « Khabarhub

मिटरब्याजी अनिरुद्ध साह पूर्पक्षका लागि जेल चलान


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ । महोत्तरीदेखि झापासम्मका दर्जनाैँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पूर्पक्षका लागि जेल चलान गरेको हो ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरुद्धले थुप्रै मानिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पूर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन्।

भङ्गाहा–५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी भङ्गाहा–५ बस्ने अनिरुद्धसमेत भएको ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दाको सिलसिलामा निज प्रतिवादी अनिरुद्धलाई प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो ।

निज उपर उल्लिखित मुद्दामा आवश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि अनिरुद्धलाई जलेश्वर कारागारमा पठाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ११ : ०१ बजे

गठबन्धन र लोसपाको वार्ता सकारात्मक, साँझ फेरी बस्ने

काठमाडौँ- संघीय निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ

कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा

कर्णाली- भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा

पहिरोमा पुरिएर छ जना बेपत्ता

काठमाडौँ– प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण

सत्ता गठबन्धन बैठक : बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँड सिध्याउने

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म