भारतमा पक्राउ परेकी चिनियाँ महिलासँग भेटियो नेपाली नागरिकता « Khabarhub

भारतमा पक्राउ परेकी चिनियाँ महिलासँग भेटियो नेपाली नागरिकता


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- नेपाली नागरिकतासहति एकजना चिनियाँ महिलालाई भारतीय प्रहरीले दिल्लीमा पक्राउ गरेको छ।  चीनको हाइनान प्रान्तकी ती महिलाले नेपाली नागरिकतामा डोल्मा लामा नाम राखेर शंकास्पद गतिविधि गरेको अभियोगमा शुक्रबार दिल्ली प्रहरीले पक्राउ गरेको हो ।

टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले उनलाई जासुसीको आरोपमा पक्राउ गरेर म्याद थपका लागि स्थानीय अदालतमा पेश गरेको छ । काई रुओ चिनियाँ नाम भएकी उनलाई दिल्लीस्थित मञ्जुका तिला क्षेत्रबाट पक्राउ गरेर अनुसन्धान थालिएको हो । उनले दिल्लीस्थित शरणार्थी शिविरमा बसेर त्यहाँका विभिन्न मन्त्रालय र सरकारी कार्यालयबाट गोप्य विवरण संकलन गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

बौद्ध भिक्षुको रुपमा दिल्लीमा बस्दै आएकी उनीबाट कयौँ शंकास्पद दस्तावेज समेत भेटिएको पनि दिल्ली प्रहरीले जानकारी दिएको छ । उनी सन् २०१९ मा चीनबाट चिनियाँ नागरिककै रुपमा जहाजबाट दिल्ली आएको प्रहरीले जनाएको छ । तर त्यसपछि उनले नेपाली नागरिकता लिएर डोल्मा लामाका रुपमा आफूलाई चिनाउँदै आएको प्रहरीको दाबी छ । 

ती चिनियाँ महिलामाथि आफ्नो हुलिया र परिचय फे‍रेर भारतविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । भारतीय चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उनी नेपालको नागरिकका रुपमा भारतमा रहँदै आएको उल्लेख गरेको छ । 

उनलाई अनुसन्धानका लागि १४ दिन प्रहरी हिरासतमा पठाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : १२ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न