भारतमा पक्राउ परेकी चिनियाँ महिलासँग भेटियो नेपाली नागरिकता « Khabarhub

भारतमा पक्राउ परेकी चिनियाँ महिलासँग भेटियो नेपाली नागरिकता


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- नेपाली नागरिकतासहति एकजना चिनियाँ महिलालाई भारतीय प्रहरीले दिल्लीमा पक्राउ गरेको छ।  चीनको हाइनान प्रान्तकी ती महिलाले नेपाली नागरिकतामा डोल्मा लामा नाम राखेर शंकास्पद गतिविधि गरेको अभियोगमा शुक्रबार दिल्ली प्रहरीले पक्राउ गरेको हो ।

टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले उनलाई जासुसीको आरोपमा पक्राउ गरेर म्याद थपका लागि स्थानीय अदालतमा पेश गरेको छ । काई रुओ चिनियाँ नाम भएकी उनलाई दिल्लीस्थित मञ्जुका तिला क्षेत्रबाट पक्राउ गरेर अनुसन्धान थालिएको हो । उनले दिल्लीस्थित शरणार्थी शिविरमा बसेर त्यहाँका विभिन्न मन्त्रालय र सरकारी कार्यालयबाट गोप्य विवरण संकलन गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

बौद्ध भिक्षुको रुपमा दिल्लीमा बस्दै आएकी उनीबाट कयौँ शंकास्पद दस्तावेज समेत भेटिएको पनि दिल्ली प्रहरीले जानकारी दिएको छ । उनी सन् २०१९ मा चीनबाट चिनियाँ नागरिककै रुपमा जहाजबाट दिल्ली आएको प्रहरीले जनाएको छ । तर त्यसपछि उनले नेपाली नागरिकता लिएर डोल्मा लामाका रुपमा आफूलाई चिनाउँदै आएको प्रहरीको दाबी छ । 

ती चिनियाँ महिलामाथि आफ्नो हुलिया र परिचय फे‍रेर भारतविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । भारतीय चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उनी नेपालको नागरिकका रुपमा भारतमा रहँदै आएको उल्लेख गरेको छ । 

उनलाई अनुसन्धानका लागि १४ दिन प्रहरी हिरासतमा पठाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : १२ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको