तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ « Khabarhub

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन् । हिन्दूहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन् ।

प्रजापति भन्छन्, “तिहारका लागि आवश्यक पालाको माग पूरा गर्न तीन महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ, तिहारसम्ममा ५० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु ।” आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उनको भनाइ छ ।

पुर्खाको पेशालाई धान्दै प्रजापतिले विगत २५ वर्षदेखि व्यावसायिक रुपमा नै माटोका सामान बनाउँदै आएका छन् । सिजनअनुसार माटोका सामान बनाउँदै आएका प्रजापति भन्छन्,, “जिल्लामा करिब चार लाख माटाका पालाको माग रहेको छ, तर बजार माग पूरा गर्न नसक्दा वीरगञ्जबाट समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।”

उनका अनुसार जिल्लामा माटोका सामग्री बनाउने तीन जना मात्रै छन् । पाला, गमलालगायतका माटोबाट बन्ने विभिन्न सामान बनाउन आवश्यक माटो सहज उपलब्ध हुन नसक्नु नै माटोका सामग्री बनाउनेको प्रमुख समस्या भएको उनी बताउछन् । बाबुबाजेबाट सिकेको पुख्र्यौली पेशालाई व्यावसायिक रुपमा अगाडि बढाएको स्मरण गर्दै उनले भने, “अहिले युवाले माटोलाई आकार दिन होस् वा माटोलाई छुन मन पराउँदैनन् खाली समय बिताउँछन् तर कामलाई सम्मान गर्दैनन्, अब म पछि यही पेशालाई निरन्तरता दिने कोही छैन ।”

यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्कीबाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ३९ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त