तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ « Khabarhub

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन् । हिन्दूहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन् ।

प्रजापति भन्छन्, “तिहारका लागि आवश्यक पालाको माग पूरा गर्न तीन महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ, तिहारसम्ममा ५० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु ।” आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उनको भनाइ छ ।

पुर्खाको पेशालाई धान्दै प्रजापतिले विगत २५ वर्षदेखि व्यावसायिक रुपमा नै माटोका सामान बनाउँदै आएका छन् । सिजनअनुसार माटोका सामान बनाउँदै आएका प्रजापति भन्छन्,, “जिल्लामा करिब चार लाख माटाका पालाको माग रहेको छ, तर बजार माग पूरा गर्न नसक्दा वीरगञ्जबाट समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।”

उनका अनुसार जिल्लामा माटोका सामग्री बनाउने तीन जना मात्रै छन् । पाला, गमलालगायतका माटोबाट बन्ने विभिन्न सामान बनाउन आवश्यक माटो सहज उपलब्ध हुन नसक्नु नै माटोका सामग्री बनाउनेको प्रमुख समस्या भएको उनी बताउछन् । बाबुबाजेबाट सिकेको पुख्र्यौली पेशालाई व्यावसायिक रुपमा अगाडि बढाएको स्मरण गर्दै उनले भने, “अहिले युवाले माटोलाई आकार दिन होस् वा माटोलाई छुन मन पराउँदैनन् खाली समय बिताउँछन् तर कामलाई सम्मान गर्दैनन्, अब म पछि यही पेशालाई निरन्तरता दिने कोही छैन ।”

यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्कीबाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ३९ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्