तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश | Khabarhub Khabarhub

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् । तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् । ‘भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ’, ज्येष्ठ नागरिक आशाराम चौधरीले भने, ‘तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ खल्लो हुने भयो ।’ 

अर्का ज्येष्ठ नागरिक नारुदेवी लुहारले भने, ‘वडा कार्यालयमा बैंकका कर्मचारीले भत्ताको रकम कहिले लिएर आउँछन् भन्ने आशमै बाटो कुरेर बसेका थियौँ ।’ चाडपर्वमा नयाँ लुगा खरिद गरी लगाउने, मीठो मसिनो खाने, चेलीबेटीलाई दक्षिणा दिनेजस्ता योजना बनाएको भए पनि भत्ता नपाउँदा तिहार पनि दसैँ जस्तै खल्लो हुने देखिएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकसँगै सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम नगरपालिकाका विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाले पनि पाउन सकेका छैनन् । नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी राजेन्द्रबहादुर सिंहले अधिकांश ज्येष्ठ नागरिकलगायतका लाभग्राहीले सामाजिक सुरक्षा कार्यविधि २०७७ अनुसार परिचयपत्र नवीकरण गर्नुपर्ने भए पनि नगर्दा भत्ताको रकम वितरणमा विलम्ब भएको बताए ।

‘भत्ताको रकम पाउनेमध्ये ६० प्रतिशतले मात्रै नवीकरण गरेका छन्’, उनले भने, ‘नवीकरण नगरेका ४० प्रतिशत बढी छुट्ने भएकाले वडा कार्यालयलाई भत्ताको रकम बुझ्ने सबैको नवीकरण गर्नका लागि भनेका छौँ, नवीकरणको कार्य सकिएपछि तुरुन्तै भत्ताको रकम वितरणको कार्य हुन्छ ।’ उनका अनुसार नगरपालिकामा ज्येष्ठ नागरिक तीन हजार एक सय १२८, ज्येष्ठ नागरिक दलित चार सय २२, ज्येष्ठ नागरिक एकल महिला छ सय दुई, विधवा एक हजार ५७, अपाङ्गता भएका क वर्गका एक सय ३९, ख वर्गका दुई सय ४४ र दलित बालबालिका आठ सय ५० ले सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम पाउने गरेका छन् ।

त्रैमासिकरुपमा भत्ताको रकम वितरण गर्ने व्यवस्था रहेको छ । नगरपालिकाबाट सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रत्येक त्रैमासिकमा रु पाँच करोड ८२ लाख ९३ हजार १६ रकम भत्ताका रुपमा वितरण हुने गरेको छ । 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  २ : २७ बजे

छ महिनापछि घर फर्किए तिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरू छ महिनापछि

उत्पीडितको आवाज दबाउने राज्यको प्रतिशोधात्मक प्रवृत्ति

नेपालमा हालका दिनहरूमा देखिएको ‘राजनीतिक स्थिरता’ भन्ने शीतल आवरणभित्र राज्यले

थोप्लो मेसिन : नेपाली कृषिमा प्रविधि र परम्पराको सम्मिश्रण

काठमाडौं– नेपालको कृषि क्षेत्र परम्परागत ज्ञान र अनुभवले पुस्तौंदेखि माटो

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाएका

मुग्लिन नजिक टिपर दुर्घटना, घाइते चालकको उद्धार  

काठमाडौं– भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिपर दुर्घटना